प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरू भए पनि मौसमले प्रभावित बनेका छन्।
पहिलो दिन कोशी प्रदेश र मधेशबीच खेल हुने तय भए पनि वर्षाका कारण खेलमा टस समेत हुन सकेको छैन।
यस्तै वीरगञ्जमा लुम्बिनी र कर्णाली प्रदेशबीचको खेल सुरु भए पनि बीचैमा रोकिएको छ।
टस जितेको लुम्बिनीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कर्णालीले ७ ओभरमा विना विकेटको क्षतिमा २० रन बनाउदा खेल रोकिएको हो।
प्रधानमन्त्री कपमा सात प्रदेश र तीन विभागीय टोली गरी दश टोलीबीच राउन्ड रोबिन्डको आधारमा खेल हुनेछन्।
खेलहरु जनकपुर, वीरगञ्ज र मुलपानीका दुवै मैदानमा हुने तय छन्।