भक्तपुर फिल्म फेस्टिभल सम्पन्न भएको छ। चैत ६ गतेदेखि सुरू भएको यो फेस्टिभलमा २४ फिल्म देखाइएका छन्।
फेस्टिभलको समापन शनिबार सन्देश भुर्तेल निर्देशित डकुमेन्ट्री 'मदर रेबिका' प्रदर्शन गर्दै गरिएको हो।
भक्तपुरस्थि नेपाल भोकेस्नल एकेडेमीमा आयोजित यो कार्यक्रमको समापनमा भक्तपुर नगरपालिकाका उप-प्रमुख रजनी जोशी, निर्देशक सुजित बिडारी, प्रवीण कार्की, सचिन घिमिरेलगायतका फिल्मकर्मीहरूको उपस्थिति थियो।
फेस्टिभल नवीन सुब्बा निर्देशित 'गाउँ आएको बाटो' प्रदर्शनसँगै सुरू भएको थियो। फेस्टिभलको आयोजना भक्तपुरका युवा फिल्मकर्मीहरू किरण किलम्बु, सफल वैद्य, स्मित गिरी, विकेश प्रजापति, सक्षम केसी, प्रवीण टक्कीलगायतको समूहले गरेको हो।
फेस्टिभलमा सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ देखि अंकित पौडेलको 'सङ्ग अफ क्लाउड्स', किरण श्रेष्ठको 'एट एनोदर विन्टर', राजन कठेत र सुनीर पाण्डे निर्देशित डकुमेन्ट्री 'ढोरपाटन' लगायतका फिल्मदेखि डकुमेन्ट्री देखाइएका थिए।
फेस्टिभलको निर्देशक भने किरण किलम्बु रहेका थिए।