यस वर्षको व्यस्त खेल तालिका र हालै सम्पन्न टी-२० विश्वकपका कारण धेरै खेलाडीहरू घाइते भएका छन्। यसले गर्दा आइपिएल २०२६ मा धेरै टोलीहरू समस्यामा परेका छन्।
शनिबारदेखि सुरु हुने कुन टोलीको अवस्था कस्तो छ?
कोलकाता नाइट राइडर्स - सबैभन्दा बढी मर्कामा
केकेआरलाई यो सिजन सबैभन्दा ठुलो झट्का लागेको छ। उनका तीन मुख्य बलरहरू उपलब्ध छैनन्:
• आकाश दीप: ढाडको चोट निको नभएका कारण उनी प्रतियोगिताबाटै बाहिरिएका छन्।
• हर्षित राना: घुँडाको शल्यक्रियापछि आराम गरिरहेका भारतीय तीव्र गतिका बलर हर्षितले लगभग पूरै सिजन गुमाउनेछन्।
• मथिसा पाथिराना: विश्वकपका दौरान लागेको चोटका कारण उनी अप्रिलको मध्यतिर मात्र टोलीमा जोडिनेछन्।
सनराइजर्स हैदराबाद
• प्याट कमिन्स: टोलीका कप्तान कमिन्स ढाडको समस्याका कारण आराम गरिरहेका छन्। उनी प्रतियोगिताको बीचतिर मात्रै टोलीमा फर्किने अपेक्षा गरिएको छ।
• ज्याक एडवर्ड्स: खुट्टाको चोटका कारण अष्ट्रेलियाका यी अलराउन्डर पूरै सिजनका लागि बाहिरिएका छन्।
राजस्थान रोयल्स
• साम करन: इंग्ल्याण्डका यी स्टार अलराउन्डर चोटका कारण यो सिजन खेल्न पाउने छैनन्।
• जोस हेजलवुड: ह्यामस्ट्रिङ र कुर्कुच्चाको पुरानो चोट पूर्ण रूपमा ठिक नभएकाले उनले सुरुका केही खेलहरू गुमाउनेछन्।
चेन्नई सुपर किंग्स
• नेथन एलिस: ह्यामस्ट्रिङको चोट बल्झिएपछि अष्ट्रेलियाका तीव्र गतिका बलर एलिस प्रतियोगिताबाट बाहिरिएका छन्।
दिल्ली क्यापिटल्स
• मिचेल स्टार्क: कामका कारण उनी सिजनको बीचतिर मात्र टोलीमा आबद्ध हुने सम्भावना छ।
पन्जाब किंग्स
• लोकी फर्गुसन: उनी घाइते भएर होइन, बरु आफ्नो भर्खरै जन्मिएको छोरा र परिवारसँग समय बिताउनका लागि सुरुवाती केही खेलहरूमा उपलब्ध हुने छैनन्।