बलिउड अभिनेत्री तथा मोडल सन्नी लियोनी नेपाल घुमघाममा आएकी छिन्। उनी आफ्ना पति डेनियल वेबरसँग नेपाल आएकी हुन्।
डेनियलले बुधबार एक्स (ट्वीटर) मा केही तस्बिर राख्दै यसबारे जानकारी दिएका छन्। उनले तस्बिरको क्याप्सनमा नेपाल उल्लेख गरे पनि कुन ठाउँ हो खुलाएका छैनन्। यद्यपि, तस्बिरहरू नगरकोट र त्यस वरपरको जस्तो देखिन्छ।
सन्नीले डेनियलसँगको फोटो सेयर गर्दै लेखेकी छिन्, 'विशेष क्षणहरू र स्पष्टता भेटेकी छु।'
सन्नी लियोनी र डेनियल यसअघि पनि पटक पटक नेपाल घुम्न आएका छन्। सन्नी दुई महिनाअघि मात्रै पनि एक क्यासिनो उद्घाटनमा नेपाल आएकी थिइन्।