झापाको दमकमा जारी कविताको रियालिटी शो ‘मेरो कविता: द रिदम अफ पोएट्री’ को अन्तिम चार प्रतिस्पर्धी कविहरू छनोट भएका छन्।
जसलाई आयोजक माइ प्लेटफर्मले ‘फाइनल कन्टेस्टेन्ट’हरु समेत भनेको छ। तीन महिनादेखि दमकको बेलडाँगीमा छाँयाङ्कन भइरहेको कविताको रियालीटी शो मा चौध प्रतिस्पर्धीहरू भोटिङ चरणमा पुगेका थिए।
निर्णायकहरूले दिएको मत र कन्टस्टेन्टहरूले प्राप्त गरेका जनमतलाई आधार मान्दै अन्तिम चार प्रतिस्पर्धी छनोट भएको शो का निर्देशक केवल क्षेत्रीले जानकारी दिए।
फाइनलिस्टहरूमा क्रमशः पाँचथरका सेसे थाम्सुहाङ, तेह«थुमका प्रवेग हाङस्रोङ, कचनकवल झापाका टोलीप्रसाद राजवंशी र पश्चिम सिक्किम भारतका सोनाम पाल्झोर रहेका छन्।
डिजिटल अडिसनमा भाग लिएका २५० कविहरूमध्ये आयोजकले ५० कविहरूलाई फिजिकल अडिसनमा निम्तो दिएको थियो। तिनै ५० कविहरूले विभिन्न चरणहरू पार गर्दै मेरो कविता रियालिटी शो को मञ्चले अन्तिम चार प्रतिस्पर्धी पाएको हो। आगामी चैत १६ गते हुने शो को ग्रान्ड फिनाले मार्फत ‘मेरो कविता: द रिदम अफ पोएट्री’ले आफ्नो पहिलो विजेता घोषणा गर्ने निर्देशक क्षेत्रीले जानकारी दिए।
कविहर" हेमन यात्री, सुमन स्मारिका, दधि अज्ञात र उत्तम तुम्सा शो को निर्णायक छन्।