सोमबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ।
नेप्से ५.०१ अंकले बढेर २९३६.५६ विन्दुमा बन्द भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको छ।
आइतबार २३ अर्ब ५९ करोड रूपैयाँको सेयर कारोबार भएकोमा आज १५ अर्ब ७८ करोडमा सीमित भएको छ।
यसदिन ३४२ वटा धितोपत्रको तीन करोड ८० लाख ७३ हजार ९४५ कित्ता सेयर किनबेच भएको हो।
सोमबार १०२ कम्पनीको सेयर मूल्य बढेको छ भने १५४ वटाको घटेको छ। यस्तै, आठ कम्पनी स्थिर छन्।
यसदिन ६ कम्पनीमा सकारात्मक सर्किट लागेको छ।
साल्पा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर र भुजुङ हाइड्रोपावरको मूल्य १० प्रतिशत र मनकामना इन्जिनियरिङ हाइड्रोपावर र होटल फरेस्ट इनको मूल्य ९.९६ प्रतिशतले बढेको छ।
सर्वाधिक मूल्य घट्नेमा सनराइज फस्ट म्युचुअल फण्ड रहेको छ।
उक्त इकाइको मूल्य ३.७१ प्रतिशतले घटेर प्रति इकाइ मूल्य १० रूपैयाँ ३९ पैसामा झरेको छ।
यसैगरी, कुमारी धनवृद्धि योजनाको मूल्य ३.५६ प्रतिशतले घटेर प्रति इकाइ मूल्य १० रूपैयाँ ३० पैसामा सीमित भएको छ।
सोमबार कुमारी बैंकको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको २४६ रूपैयाँ ४० पैसामा ६७ करोड २३ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.३२ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको ७२० रूपैयाँमा ६० करोड ६४ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ६ समूहको परिसूचक घटेको छ भने बाँकी ७ समूहको बढेको छ।
यसमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १.५३ प्रतिशतले बढेको छ।