नाबालिकाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
साइबर ब्युरोले काभ्रे नमोबुद्ध बस्ने २२ वर्षीय अशोक लामालाई पक्राउ गरेको एसपी दिपकराज अवस्थीले जानकारी दिए।
नाबालिकाले चरित्र हत्या हुने किसिमका तस्बिर र भिडिओ टेलिकममार्फत प्रसारण भएको भन्दै साइबर ब्युरोमा उजुरी दिएकी थिइन्
यस विषयमा निवेदन दिएपछि ब्युरोले प्राविधिक अनुसन्धान गरी लामालाई पक्राउ गरेको हो।
लामामाथि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत कसुरमा पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।