निर्वाचन आयोगले बिहीबार समानुपातिक सांसदहरूलाई प्रमाणपत्र दिने भएको छ।
समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई आज बिहान ११ बजे प्रमाणपत्र दिने कार्यक्रम तय भएको निर्वाचन आयोगले जनाएको छ।
बहादुरभवन स्थित आयोगको प्रांगणमै सो कार्यक्रम हुने छ।
फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ ११० जना निर्वाचित भएका छन्।
प्रत्यक्षतर्फ १६५ जना निर्वाचित भएका थिए। प्रत्यक्षतर्फ निर्वाचित भएकाहरूले यसअघि नै प्रमाण पत्र पाइसकेका छन्।
सांसदहरूको शपथ भने चैत १२ गते गर्ने तयारी छ।