धनुषा-१ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अग्रता लिएको छ।
नेकपाका मातृकाप्रसाद यादव ६ हजार ९६८ मत ल्याएका छन्।
कांग्रेसका रामपल्टन साह ६ हजार ७८३ मत ल्याएका छन्। एमालेका रामचन्द्र मण्डलले ६ हजार ३२९ मत ल्याएका छन्।
यहाँ उम्मेदवारी खारेज भएको रास्वपाका किशोरी शाह कमललाई पनि मत आएपछि गणना सुरू गर्ने विषयमा विवाद भएको थियो।
त्यसकारण गणना सुरू हुन ढिलाइ भएको थियो।