प्रतिनिधि सभा निर्वाचनमा सल्यानमा नेपाली कम्युनिष्ट पार्टीका रमेशकुमार मल्ल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
मल्लले २३९८९ मत प्राप्त गरि निर्वाचित भएका हुन ।
उनका निकटतम प्रतिष्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका ललित चन्दले २०९०४ मत प्राप्त गरे । मल्ले चन्दलाई २२८५ मतान्तरले पराजित गरेका हुन ।
नेकपा अध्यक्ष प्रचण्ड प्रधानमन्त्री छँदा मल्ल स्वकीय सचिवको भूमिकामा थिए। उनी विद्यार्थी राजनीतिबाट उदाएका ब्यक्ति हुन्। पराजित हुने राश्वपाका चन्द कर्णाली प्रदेश महामन्त्रीमा हुन्।
सल्यानमा नेपाली कांग्रेस तेस्रो बन्यो। कांग्रेस उम्मेदवार केशबहादुर विष्टले १७५५८ मत प्राप्त गरे। बिष्ट जिल्ला पार्टी सभापति हुन।
उनी जिल्ला समन्वय समिति प्रमुख छँदा यसअघिको स्थानीय तह निर्वाचनमा छत्रेश्वरी गाउँपालिकामा पनि पराजित भएका थिए ।
नेकपा एमाले यहाँ चौथो बन्यो। एमाले कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहले १५,३७३ मत प्राप्त गरे । कर्णाली प्रदेश पूर्व सांसद शाह यसअघिको निर्वाचनमा पनि पराजित भएका थिए ।
नेकपाबाट यसअघि छिमेकी जिल्ला रोल्पाबाट बर्षमान पुन, रुकुम पूर्वबाट पार्टी संयोजक पुष्पकमल दाहाल, छिमेकी जिल्ला रुकुम पश्चिम बाट गोपाल शर्मा निर्वाचित भएका छन् ।