प्रतिनिधि सभा निर्वाचन २०८२ मा पाँचथरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
अन्तिम निर्वाचन परिणाम अनुसार कांग्रेसका नरेन्द्रकुमार केरूङ १७ हजार २३३ मतका साथ विजयी भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका हस्तराज शर्माले १४ हजार ७३४ मत प्राप्त गरेका छन्। एमालेका अइन्द्र सुन्दर नेम्वाङले १४ हजार ५३४ मत प्राप्त गरेका छन्।
यससँगै कांग्रेसले १४ सिट जितेको छ।
कांग्रेसले जितेका १४ सिट
सन्तोष सुब्वा — तेह्रथुम - १
२. टेकबहादुर गुरुङ — मनाङ - १
३. योगेश गौचन थकाली — मुस्ताङ - १
४. सन्दीप राना — पाल्पा - १
५. अभिषेक प्रताप शाह — कपिलबस्तु - ३
६. जय पती रोकाया — हुम्ला - १
७. खडकबहादुर बुढा — जाजरकोट - १
८. बासना थापा — दैलेख - १
९. विष्णुबहादुर खड्का — सुर्खेत - १
१०. भरतकुमार स्वार — अछाम - १
११. भरतबहादुर खड्का — डोटी - १
१२. मोहन आचार्य—रसुवा
१३ मोहमद फिर्दोस आलम- रौतहट-२
१४. नरेन्द्रकुमार केरूङ - पाँचथर