जीवनको कालखण्डमा लोमान्थाङमा काम गर्ने मौका मिल्यो त्यही बखत ७० रुपैयाँमा मनिपुरे सल किनेँ जुन आज पनि घरमा छ।
लुगाको इज्जत गरे, आफ्नो इज्जत हुन्छ भन्छन्, यसैले होला म पनि यो मामलामा अब्बल छु जस्तो लाग्यो।
ठूलाबडाहरूका सबै कुरा संग्रह हुुन्छ, म्युजियम बनाएर हेर्न पाइन्छ नै तर हामी जस्ताको लागि भने रोकडा जोगाउने ट्रिक भन्यौं या लुगाको जतन, जेहोस् बानी राम्रो हो। लुगा बनाउन कति रूख काटिन्छन्, कति वनस्पति, जीवजन्तु मासिन्छन्, पृथ्वीमा लेखा छैन त्यसकारण पनि लुगाको जतनले पर्यावरणदेखि परिवार सम्मलाई फाइदा पुग्छ। सादा जीवन, उच्च विचार भनिन्छ नि त्यही कुरा, लुगा टिकाउनेमा पनि लागू हुन्छ।
मुस्ताङीहरू जाडो बढेपछि भारततर्फ लाग्ने गर्दथे त्यो बेला व्यापार गर्न अहिले त कहाँ जानु हरेक घरधुरी विदेशमा छन्। उन्नति प्रगति छ, त्यो बेला अलिक दु:ख थियो बाटो थिएन र विकास थिएन।
मलाई लाग्छ धेरै लुगा हुनेले भन्दा कम लुगा हुनेले लुगा सफा र मिलाएर लगाउँछ। धेरै लुगा यत्रतत्र मिल्कने नभेटिने आदि हुन्छ, यसकारण लुगामा लगानी भन्दा त खानामा लगानी भए सायद अनेक नसर्ने रोगको महामारी किमो र ट्रान्सप्लान्टको हैरानी हुन्थेन कि?
लुगाका किस्सा, कहानी, कथा, महिमा त अनन्त छन् र पनि लुगामा पैसा खन्याएर मनखत लाग्ने अवस्था छ सहरमा एनजिओले खोलेका क्लोथ बैंकमा जथाभावी कोचारेका लुगा, यत्रतत्र मिल्किएका फालिएका भेटिन्छन्। विदेशतिर लुगा दान गर्दा चट्ट धोएर, आइरन लगाएर दान गर्छन्। यहाँ त धुलो मैलो नै दान गर्छन्, हामी फेरि काम नलाग्ने चिज दान गर्न माहिर छौं, काम नलाग्ने चिज दान गरेर अर्थ रहन्न।
गत २००९ ताका एक जना रेडक्रसमा काम गर्ने दाजुसँग भेट भयो कामको सिलसिलामा, उहाँको सम्पर्कबाट रेडक्रसबाट एक ट्रक कपडा उठाए संस्थामा लगियो पछि कसैले नलगाएर, जथाभावी गरेर फोहोरमा फ्याँक्नको हैरान।
त्यसो त सन् २०१० ताका लोथरमा बाँड्दा होस् या सिनामंगलको सुकुम्बासीमा लुगा बाँड्दा होस् या अन्यत्र लुगा बाँड्दा कुरा उही दोहोरियो। काम लाग्ने लुगा छैन, केवल घरको फोहोर तर्काएको भान भयो। विचराहरूले तै पनि लगे, दान गरौं, लगाउने मिल्ने लुगा, जुन पाउनेले पनि केही समय लगाओस् र दान दिनेलाई आशिस दिन पाओस् न, थोत्रा काम नलाग्ने लुगा दान नगरौं।
अहिले त घर घर ट्याक्टर आउँछ पुराना पेलेर कालो कपास बनाएर सिरक डसना बनाउन सजिलो छ। बरू त्यो गर्दा बेस होला, काम नलाग्ने, थोत्रा च्यातिएका, बिग्रिएका लुगा दान गर्नको सट्टा।
दान एक हातले दिएर अर्को हातले समेत थाहा पाउन हुन्न भन्छन् यहाँ हामी समाज बुज्रुक थोत्रा कपडा घरको फोहोर दान दिएर झ्याली पिटाउन चाहन्छौं।
भूकम्प ताका एनजिओमा एक जना विदेशी महिलाले म दान दिन्छु कपडा भनेर फोन गरिन्, बोलाइयो आइन्। मिडिया समेत बोकेर आइन् भरे त थोत्रा कपडा पेलेर बनाएको सेनेटरी प्याड रहेछ कामै नलाग्ने।
लुुगाको जतनको महात्मा लेख्दा पनि सकिन्न खेर लुगा किन्दा हामी आफ्नो कमाइको केही हिस्सा खर्च गर्दछौं भने त्यही किनेको लुगाको जतन गदैनौं त्यो पनि पैसा झ्यालबाट फाले सरह हो।
फेसन खराब कुरा हो त भन्न सकिन्न, तर लुगा रद्दीमा फाल्नुको कारण फेसन जानु पनि हो। दिनदिनै एउटै लुगा लगाउने हो भने समाजले यसको अर्को जोर लुगा छैन क्याहो भन्ने लख काट्छ। फेर्दा नेपालको धुलो फोहोर माटोले एकैदिन भन्दा लगाउन मिल्दैन उता पानी अमिलो सरह छ कस्तो बिडम्वना छ।
जिउमा मिलेको लुगा लगाउनुपर्छ बन्दुकमा खोल हाले जस्तो के काम, काँती मैलो लगाउन हुन्न, आइरन टिलिक्क टल्कन पर्छ धार बसेको हुनुपर्छ। भनिन्छ यसो गर्ने क्रममा त लुगा थपिन्छन, पैसा सकिन्छ, सहरमा जानी नजानी फोहर बढ्छ, आखिर फाल्ने गार्भेजमा नै हो, अहिले दान लिने मान्छे पनि भेटिन्नन्, कहाँ कसलाई कसरी दिने एनजिओ पनि भेट्न पर्यो। फेरि हामी दान सुपात्रलाई दिन खोज्छौं, सुपात्र भेट्न पनि पर्यो।
बजार सकिन्न, भोलि पनि रहन्छ पैसा भए लुगा किन्न पाइन्छ नै यसकारण लुगा थोपारेर फजुल खर्च नगरौं, सहर सफा राखौं, धन संग्रह गरौं, वातावरण पर्यावरण जोगाऊँ। हाम्रो मुलुक धेरै प्रदुषित भनेर प्रचार भैरहेको छ, सचेत बनौं।