निर्वाचन क्षेत्र नम्बर ९ मा आजै मतगणना सुरू हुने भएको छ।
निर्वाचन अधिकृत मनुका घिमिरेका अनुसार मतपेटिका भण्डारणको काम सकिएको छ। अब सर्वदलीय बैठक बसेर मतगणना प्रक्रिया सुरू हुन्छ।
'भण्डारणको काम सकियो। अब सर्वदलीय बैठक बस्छ। अनि आजै मतगणना सुरू हुन्छ,' उनले सेतोपाटीसँग भनिन्।
यहाँ नेपाली कांग्रेसका नानुमैया बास्तोला, एमालेका अजयक्रान्ति शाक्य, राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्याल, नेपाली कम्युनिस्ट पार्टीका राधाकृष्ण महर्जन लगायत उम्मेदवार प्रतिस्पर्धामा छन्।
७८ हजार ४९५ मतदाता रहेको यो क्षेत्रमा काठमाडौं महानगरका ४, चन्दागिरी नगरपालिकाका ५ र नागार्जुन नगरपालिकाका ५ वटा वडा पर्छन्।