लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय शान्ति सम्मेलन सुरू भएको छ।
लुम्बिनीमा शुक्रबारदेखि शान्ति सम्मेलन तथा तेस्रो अन्तर्राष्ट्रिय ध्यान दिवस सुरू भएको हो।
दिवसका अवसरमा नेपालस्थित चिनियाँ दूतावास, नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोष र नेपाल ओलम्पिक कमिटीले संयुक्त रुपमा विशेष कार्यक्रम गरेको छ।
कार्यक्रममा बोल्दै संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हाले अव्यवस्थित र चुनौतीपूर्ण रहेको आजको विश्वमा शान्ति मात्र प्रमुख विकल्प रहेको बताएका छन्।
उनले अव्यवस्थित र अनिश्चित परिस्थितिमा शान्ति मात्र मानव जातिको साझा आकांक्षा र सभ्यताको आधारभूत मूल्य रहेको बताए।
उनले लुम्बिनीबाटै विश्वभर शान्तिको सन्देश फैलाउन सकिने बताए।
´लुम्बिनी विश्व शान्तिको मुहान र मानवताको साझा सम्पदा हो। युनेस्को विश्व सम्पदा सूचीमा अंकित यस साइटले अशोक स्तम्भको माध्यमबाट विश्वभर बौद्ध धर्म र शान्तिको सन्देश फैलाउने कार्य जारी राखेको छ,' मन्त्री सिन्हाले भने, 'अशान्तिले भरिएको संसारमा भगवान बुद्धको करुणा र अहिंसाको सन्देशले शान्ति प्रदान गर्न सक्दछ।'
मन्त्री सिन्हाले लुम्बिनी केवल एक धर्मको केन्द्रस्थल मात्र नभई मानव सभ्यताको यात्रामा अपरिहार्य शान्तिको प्रतीक बनेको भन्दै यस पटकको लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सवले ध्यान, संगीत कार्यक्रम, म्याराथन जस्ता विविध माध्यममार्फत, शान्तिप्रेमी विश्वका सबै जनतालाई शान्ति, विकास, समानता, न्याय, लोकतन्त्र र स्वतन्त्रता जस्ता साझा मान्यतामा एकत्रित गर्ने बताए।
उनले मन शान्त भएमा देश शान्त रहने, मन सुरक्षित भएमा सम्पूर्ण प्राणी सुरक्षित हुने र मन समान भएमा संसार समान रहने बताए।
चीन र नेपाल भौगोलिक रूपमा नजिक र इतिहासमा गहिरो सम्बन्ध भएका मित्र राष्ट्र भएको उल्लेख गर्दै उनले हजारौं वर्षको बौद्धिक र सांस्कृतिक सम्बन्ध, र प्राचीन व्यापार मार्गको मित्रता आज पनि दुवै देशका जनताको मनमा जीवित रहेको बताए।
´चिनियाँ सभ्यतामा शान्तिलाई सर्वोपरि मान्ने र भिन्नतालाई सम्मान गर्ने विचार र नेपालको प्राचीन बौद्ध परम्पराबाट आएको सबै प्राणीमा समानता र करुणा-शान्तिको दर्शनको संगमले वर्तमान चुनौतीहरूको सामना गर्न पूर्वीय बुद्धिमत्ताको साझा मार्गप्रदर्शन प्रस्तुत गर्छ, उनले भने।
नेपालस्थित चिनिया राजदुत चाङ माओमिङले अन्तर्राष्ट्रिय अवस्था झन् जटिल र अस्थिर बन्दै गएको र विभिन्न क्षेत्रमा द्वन्द्व तथा युद्धका घटनाहरू दोहोरिरहेको बताए।
´आजको विश्व परिवेशलाइ हेर्दा, धेरै दुर्लभ परिवर्तनहरू तीव्र रूपमा अगाडि बढिरहेका छन्,´यस्तो अवस्थामा शान्ति कुनै सैद्धान्तिक कुरा नभई हरेक परिवारको सबैभन्दा आधारभूत चाहना बनेको छ,' राजदुत माओमिङले भने।
उनले शान्तिपूर्ण विकासलाई आफ्नो राष्ट्रिय मार्गदर्शनका रूपमा अघि बढाउँदै आएको चीनले विश्वका सबै शान्तिप्रेमी राष्ट्रहरूसँग हातेमालो गर्दै अघि बढ्न प्रतिबद्ध रहेको बताए।
´विकास, सुरक्षा, सभ्यता र सुशासनका क्षेत्रमा सहकार्यलाई प्रवर्दधन गर्दै, चीनले शान्ति, विकास, समानता, न्याय, लोकतन्त्र र स्वतन्त्रता जस्ता साझा मानव मूल्यहरूको संरक्षण र प्रवद्धनमा जोड दिइरहेको छ,` उनले भने।
साथै, मानवजातिको साझा भविष्य निर्माण गर्ने लक्ष्यका साथ, विश्व शान्ति कायम राख र साझा समृद्धि हासिल गर्न चीनले आफ्नो अनुभव, दृष्टिकोण र समाधानमार्फत सकारात्मक योगदान दिँदै आएको उनले बताए।
उनले चीन र नेपाल भौगोलिक रूपमा नजिक रहेका, हिमाल र नदीले जोडिएका असल छिमेकी राष्ट्र मात्र नभइ सांस्कृतिक रूपमा पनि गहिरो सम्बन्धले गाँसिएका मित्र राष्ट्र भएको बताए।
´दुई देशबीचको सांस्कृतिक आदान-प्रदानको इतिहास निकै पुरानो र समृद्ध रहेको छ। चिनियाँ सभ्यतामा रहेको समन्वयको भावना र नेपालको करुणामा आधारित दर्शन यी दुवै सम्पूर्ण मानवजातिका साझा आध्यात्मिक सम्पत्ति हुन्,' उनले भने।
कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठले बुद्धको जन्मको लुम्बिनीलाई विश्वभर प्रख्यात बनाउन लुम्बिनीमा आयोजना हुने विभिन्न आध्यात्मिक कार्यहरुले भूमिका खेल्दै आएको बताए।
तस्बिरहरूः
-ink-1773982234.jpeg)
-ink-1773982232.jpeg)
-ink-1773982231.jpeg)
-ink-1773982231.jpeg)
-ink-1773982232.jpeg)
-ink-1773982231.jpeg)
-ink-1773982234.jpeg)
-ink-1773982234.jpeg)
-ink-1773982232.jpeg)
-ink-1773982233.jpeg)
-ink-1773982232.jpeg)
-ink-1773982231.jpeg)