त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो २२० ग्राम गाँजासहित भारतीय नागरिक पक्राउ परेका छन्।
बुधबार नेपाल एयरलाइन्सबाट बैंकक हुँदै काठमाडौं आएका भारतीय नागरिकलाई गाँजासहित पक्राउ गरेको त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालले जानकारी दिए।
उनका अनुसार ३८ वर्षीय यासिन शुभान कुरेसीको गतिविधि शंकास्पद देखिएपछि प्रहरीको टोली खटिएको थियो।
सादा पोशाकको टोली र लागु औषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले उनलाई जाँच गरेको थियो।
उनीबाट ५ किलो २२० ग्राम गाँजा बरामद भएपछि प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।