नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी समानुपातिक तर्फबाट प्रतिनिधि सभा सांसद बनेका छन्।
७८ वर्षीय केसी संसदमा ज्येष्ठ सदस्य हुन्।
केसीको नाम कतिपयले कांग्रेस संसदीय दल नेताका रूपमा चर्चा गरेका छन्।
उनी आज केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा सहभागी रहे।
सोही क्रममा पत्रकारले केसीलाई 'अब तपाईं संसदीय दल नेता हो?' भनेर प्रश्न गरेका थिए।
जबाफमा केसीले भने, ‘मलाई थाहा छैन।’
फेरि पत्रकारले सोध्छन्- दाबी रहन्छ कि रहँदैन?
केसीले जबाफ दिए, ‘स्वत: दाबी रहन्छ। म सबैभन्दा सिनियर हुँ। संसदीय यात्रा र अभ्यासमा योगदान गरेको छु।’
संसदीय दल नेता चयन सर्वसम्मत ढंगबाट होस् भन्ने आफूले चाहेको पनि केसीले बताए। कांग्रेसका ३८ जना सांसद छन्।