झापा १ मा रास्वपाकी निशा डाँगीले अग्रता हासिल गरेकी छिन्। उनले हालसम्म ३ हजार १ सय ७० मत प्राप्त गरेका छन्।
डाँगी २०७९ सालमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी सबैभन्दा कान्छी उम्मेदवार हुन्। रास्वपाले उनलाई समानुपातिक तर्फबाट सांसद बनाएको थियो।
उनको निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीका केवराम राई छन्। उनले १ हजार ३ सय २० मत प्राप्त गरेका छन्।
नेपाली कांग्रेसका केशवराज पाण्डेले १ हजार २८ र नेकपा एमालेका रामचन्द्र उप्रेतीले ७८० मत प्राप्त गरेका छन्।
झापाको मतगणना अहिले प्रारम्भिम चरणमा छ। मतपरिणाम आउन भने समय लाग्ने देखिन्छ।