प्रतिनिधि सभा निर्वाचनअन्तर्गत जारी मतगणनामा तेह्रथुममा नेकपा एमालेले मतान्तर बढाएको छ।
एमाले उम्मेदवार भानुभक्त ढकालले ५ हजार १७६ मत ल्याएका छन्। नेपाली कांग्रेसका सन्तोष निंलेखुले ४ हजार ४६२ मत ल्याएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र कार्कीले ४ हजार १८१ मत ल्याएका छन्। श्रम संस्कृति पार्टीका सुविन्द्र थेगुवाले २ हजार ११२ मत ल्याएका छन्।