सर्लाही क्षेत्र नम्बर २ मा रास्वपा उम्मेदवार रविन महतोले अग्रता कायम राखेका छन्।
रविनले २ हजार ७५ मत ल्याएका छन्।
राजेन्द्र महतो र महिन्द्र राय यादवलाई पछि पार्दै रवि अघि लागेका हुन्।
राष्ट्रिय मुक्ति पार्टी नेपालका महतोले ३४५ मत ल्याएका छन्।
नेपाली कम्युनिष्ट पार्टीका महिन्द्र राय यादवले ८३१ मत ल्याएका छन्।
कांग्रेसका सरोज कुमारले १ सय ९५ र एमालेका नागेश्वर साहले १ सय २ मत ल्याएका छन्। मतगणना जारी छ।