प्रतिनिधि सभा निर्वाचनअन्तर्गत पाल्पा–२ को जारी मतगणनामा नेपाली कांग्रेसले सुरूआती अग्रता लिएको छ।
नेपाली कांग्रेसका हिमालदत्त श्रेष्ठले ६९६ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का माधवबहादुर थापाले ५७७, नेकपाका सोमप्रसाद पाण्डेले ५२६ र एमालेका ठाकुर गैरेले ४४३ मत ल्याएका छन्।
अघिल्लो पटक सांसद जितेका गैरे सुरूआती रूझानमा चौथो स्थानमा देखिएका छन्।