काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विराजभक्त श्रेष्ठले फराकिलो मतान्तर बनाएका छन्।
उनले १३ हजार १५० मत प्राप्त गरेका छन्।
निर्वाचन अधिकृत सम्झना खनालका अनुसार १९ हजार ९४३ मत गणना भएको छ। थप मत गणना भइरहेको छ। उनका अनुसार ५२४ मत बदर भएको छ।
यसबीच श्रेष्ठले अन्य प्रतिस्पर्धीहरूसँग फराकिलो मतान्तर बनाएका छन्।
दोस्रो स्थानमा नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमिले १७४४ मत प्राप्त गरेका छन्।
नेपाली कांग्रेसकी सपना राजभण्डीले १४८५ मत प्राप्त गरेकी छन्।
त्यस्तै तेस्रो स्थानमा राप्रपाका नविन शाहीले १०१५ मत प्राप्त गरेका छन्।
एमालेका राजेश शाक्यले ९७८ मत प्राप्त गरेका छन्।