फागुन २१ गते भएको निर्वाचनको आज मतगणना भइरहेको छ।
प्रत्यक्षतर्फका १६५ क्षेत्रमध्ये अहिलेसम्म ६२ क्षेत्रमा गणना भइरहेको छ।
तीमध्ये एक क्षेत्रमा मात्रै राप्रपा अघि छ।
जुम्लामा राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाही अघि छन्।
मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तका अनुसार १२४५ मत गणना गर्दा शाहीले ५४१ मत प्राप्त गरेका छन्।
उनीसँग प्रतिस्पर्धामा नेपाली कम्युनिष्ट पार्टीका नरेश भण्डारी छन्। उनले ४३५ मत प्राप्त गरेका छन्।
त्यस्तै नेपाली कांग्रेसका दीपबहादुर शाहीले १५४ मत प्राप्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार बिनिता कठायतले ९ मत प्राप्त गरेकी छन्। मतगणना जारी छ।