रौतहट क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का गणेश पौडेलले अग्रता लिएका छन्।
अहिलेसम्म ३६ सय मत गणना हुँदा पौडेलले २ हजार २०५ मत ल्याएका छन्।
दोश्रोमा रहेका कांग्रेसका देवप्रसाद तिमिल्सिनाले ६९२ मत मात्र ल्याएका छन्।
तेश्रोमा रहेका नेकपाका रामकुमार भट्टराईले ६३७ मत ल्याएका छन्।
एमालेका रामजी साहले १ सय २२ मत ल्याएका छन् भने आजपाका ऋषि धमलाले ९ मत मात्र पाएका छन्।