भक्तपुर निर्वाचन क्षेत्र नम्बर २मा केही बेरमै मतगणना सुरू हुने भएको छ।
निर्वाचन अधिकृत राधिका सुवालका अनुसार एक घण्टा अघि सर्वदलिय बैठक सकिएको थियो अब मतगणना सुरू गर्न लागिएको हो।
‘मतगणना सुरू हुनै लाग्यो। हामीले नेकपा एमालेका प्रतिनिधिहरूलाई कुरिरहेका छौँ। उहाँहरू आउनेवित्तिकै सुरू हुन्छ,’ उनले भनिन्।
बोडे स्थित कृषि विकास बैंकको तालिम केन्द्रमा मतगणना हुने उनले जानकारी दिइन्।
९८ हजार ३५६ मतदाता रहेको भक्तपुर–२ मा सूर्य विनायकका १० वटा र मध्यपुर थिमि नगरपालिकाका ९ वटा गरी १९ वटा वडा पर्छन्।
यो क्षेत्रमा कांग्रेसका कवीर राणा, एमालेका महेश बस्नेत, रास्वपाका राजीव खत्री, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रामप्रसाद सापकोटा, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का रमेश वैद्य, उज्यालो नेपाल पार्टीका जितराम लामा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का विक्रम थापा, स्वतन्त्र उम्मेदवार शोभा पाठक लगायत प्रतिस्पर्धामा छन्।