काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा अहिले भर्खरै मतगणना सुरू भएको छ।
बिहीबार सम्पन्न निर्वाचनको मतगणना सुरू भएको जानकारी निर्वाचन अधिकृत सविता शर्माले दिइन्।
उनका अनुसार काठमाडौं महानगरपालिका-१६ को नयाँ बजारमा मतगणना भइरहेको छ।
'हामीले भर्खर गन्न सुरू गरेका छौं,' निर्वाचन अधिकृत शर्माले भनिन्।
क्षेत्र नम्बर -७ मा रास्वपाका गणेश पराजुली, नेकपा एमालेका प्रकाश श्रेष्ठ, नेपाली कांग्रेसका प्रमोदहरि गुरागाई र नेकपाका वसन्त मानन्धर उम्मेदवार छन्।