काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा मतगणना सुरू हुने भएको छ।
बिहीबार सम्पन्न निर्वाचनको मतगणना आजै राति साढे ११ बजेदेखि सुरू हुने निर्वाचन अधिकृत कृष्णा भण्डारीले जानकारी दिइन्।
'हामी मतगणना सुरू गर्ने तयारी गरिरहेका छौं। साढे ११ बजे सुरू हुनेछ,' उनले भनिन्।
बुढानिलकण्ठ नगरपालिका–२ को ज्येष्ठ नागरिक समाजको भवनमा मतगणनाको काम सुरू हुन लागेको उनले सेतोपाटीलाई जानकारी दिइन्।
यो क्षेत्रमा एमालेका राजन भट्टराई, नेपाली कांग्रेसका सचिन तिमल्सेना, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सुरेन्द्र राज भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पुकार बम लगायत उम्मेदवार छन्।