नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर गएका छन्।
उनी सिंगापुर एयरलाइन्समार्फत बुधबार राति प्रस्थान गरेको देउवाको सचिवालयले जानकारी दिएको छ।
‘उहाँको अकास्मात उपचारका लागि जानुपरेको हो। हिजो राति प्रस्थान गर्नुभयो,’ सचिवालय स्रोतले भन्यो।
सिंगापुरमा देउवा र उनका स्वकीय सचिव भानु देउवा मात्रै गएका छन्।
शेरबहादुर देउवाकी श्रीमती एवम् पूर्वपरराष्ट्र मन्त्री आरजु राणा नेपालमै छिन्।
देउवा (फागुन १९) गते मंगलबारका दिन फर्किने तालिका छ।
सचिवालय स्रोतले उनी काठमाडौं फर्किएपछि डडेल्धुरा जाने सम्भावना छ।