काठमाडौं महानगरपालिकाले काठमाडौंका खोलानालाको सरसफाइ अभियान सञ्चालन गरेको छ।
वर्षायाम नजिकिँदै गर्दा पानी बस्तीमा पस्नबाट रोक्न र सहरी सुन्दरताको संरक्षण गर्न महानगरले उक्त अभियान सुरू गरेको हो।
अभियान अन्तर्गत नदी वरिपरि रोपिएका फूलका बोटबिरूवाको काँटछाँट गर्नुका साथै उम्रिएका झारपात हटाउने काम भइरहेको छ।
साथै खोलामा अड्किएर रहेका फोहोरमैला पनि हटाइएको छ।
यसअघि काठमाडौँका टुकुचा, विष्णुमतीलगायतका नदी–नाला सरसफाइ गरिसकिएको छ भने बाँकी बल्खु, कलंकीलगायतका खोलाहरू पनि क्रमशः सरसफाइ गरिने बताइएको छ।
-1774327029.jpg)
-1774327029.jpg)
-1774327028.jpg)
-1774327028.jpg)
-1774327028.jpg)
-1774327028.jpg)
-1774327028.jpg)
-1774327028.jpg)