झापामा मतदान जारी छ।
जिल्लाभरिका मतदान केन्द्रहरूमा शान्तिपूर्ण मतदान भइरहेको जिल्ला निर्वाचन अधिकारी तुलसी कुमार नेपालले जानकारी दिए।
उनका अनुसार दिउँसो २ बज्न १० मिनेट बाँकी रहँदासम्म जिल्लाभरि ४५ प्रतिशत मतदान सम्पन्न भएको छ।
मानिसहरू उत्साहपूर्ण ढंगले मतदानमा सहभागी भइरहेका छन्।
झापामा क्षेत्र नम्बर ५ मा अन्यत्रभन्दा बढी मतदान भएको पनि जिल्ला निर्वाचन अधिकारी नेपालले जानकारी दिए।
उनका अनुसार दिउँसो २ बजेयता मात्रै झापा-५ मा ४६ प्रतिशत हाराहारिमा मतदान भएको छ।
'मतदाता उत्साहित ढंगले मतदानमा सहभागी भइरहनुभएको छ। जिल्लाका ५ मध्ये ५ नम्बर क्षेत्रमा अझै उत्साह बढी छ,' उनले भने।
तस्बिरहरूः
-ink-1772699863.jpeg)
-ink-1772699863.jpeg)
-ink-1772699864.jpeg)
-ink-1772699864.jpeg)
-ink-1772699864.jpeg)
-ink-1772699864.jpeg)
-ink-1772699865.jpeg)
-ink-1772699865.jpeg)
-ink-1772699866.jpeg)
-ink-1772699866.jpeg)
-ink-1772699867.jpeg)
-ink-1772699868.jpeg)
-ink-1772699868.jpeg)
-ink-1772699867.jpeg)