नेकपा (एमाले)का महासचिव तथा दाङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार शंकर पोखरेलले मतदान गरेका छन्।
उनले तुलसीपुर उपमहानगरपालिका – १९ बिजौरी मतदान केन्द्रबाट मतदान गरेका हुन।
नेपाली कांग्रेसका उम्मेदवार किरण किशोर घिमिरेले घोराही उपमहानगरपालिका – १५ बाट मतदान गर्दै छन्।
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार निर्मल आचार्यले घोराही – १७ बाट मतदान गर्दै छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बिपिनकुमार आचार्यले भने आफैलाई मतदान गर्न पाएनन्। दाङ क्षेत्र नं. २ बाट उम्मेदवार रहेका आचार्यले क्षेत्र नं. ३ अन्तरगत पर्ने तुलसीपुर उपमहानगरपालिका – १२ हरिपौरी माध्यमिक बिद्यालयमा मतदान गर्ने छन्।
नेपाली कांग्रेस बाट दाङ क्षेत्र नं. ३ का उम्मेदवार दीपक गिरीले दंगीशरण गाउँपालिका – ५ हेकुँलीमा मतदान गर्दै छन्।
नेकपा एमालेका उम्मेदवार घनश्याम पाण्डेले तुलसीपुर – ८ अश्वाराबाट मतदान गर्ने छन्।
राश्वपाका उम्मेदवार कमल सुबेदीले दंगीशरण– ४ बाट मतदान गर्दै छन्।
नेकपाका उम्मेदवार धनबहादुर मास्कीले बबई गाउँपालिका – ४ हापुरेमा मतदान गरेका छन्।
यही क्षेत्रबाट एमालेकी समानुतपातिक उम्मेदवार कोमल वलीले तुलसीपुर – ८ को कृष्णमन्दिर मतदान केन्द्रबाट मतदान गरेकी छन्।
दाङ क्षेत्र नं. १ का कांग्रेसका उम्मेदवार योगेन्द्र चौधरीले गढवा गाउँपालिका – ४ स्थित दीपेन्द्र होमजुन माविबाट मतदान गरेका छन्।
एमाले उम्मेदवार रेवतीरमन शर्मा घिमिरेले लमही नगरपालिका – ६ स्थित प्राथमिक बिद्यालय दुमदुमा खैरीबाट पहिलो मतदान गरेका छन्।
नेकपाका उम्मेदवार मेटमणि चौधरीले गढवा – ७ बाट र राश्वपा उम्मेदवार देबराज पाठकले गढवा – ६ मतदान केन्द्रबाट मतदान गर्दै छन्।
मतदाताको बिहानै देखि उत्साहजनक सहभागीता देखिएको छ। मतदान हुनु भन्दा पहिला नै मतदाताहरु लाइनमा बसेका थिए।