Setopati साहित्यपाटी
Subscribe Setopati
बिहीबार, चैत ५, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

ऐँठन!

वासुदेव पन्थी ‘देवस्मृति’

भदौ २७

साँच्चि
म सपनामा छु
या बिपनामा?
न निदाएको छु
न म ब्युँझेको नै छु
सायद यो हुन सक्छ
ऐँठन।
 
यी आँधी तुफानहरू
यी हुरी हुन्डरीहरूले
कुन दिशा लिँदै छन्
बरालिँदै छु म अन्यमनस्कतामा
यो तरलताले
म आफैँ तरल भइसकेँ
यो वाष्पीकरणले
म आफै बाफ भइसकेँ
उडिरहेको छु बेलगाम।
 
पिरोलिरहेको छ
यो दिशाहीनताले
यो अन्त्यहीन सिलसिलाले
दबाइरहेका छन् घाँटी
मुर्कट्टाहरूले
मुर्छित छ मन
चिच्याउन खोजिरहेको छु
निस्किरहेको छैन शब्द
घाँटीबाट, ओठबाट।
 
चाहेको छ मनले-
आकाश भरिका ताराहरू
अञ्जुली भरिका आशा
कलकल नदी र झरना
चम्किला हिम खण्डहरू
र सगरमाथाको पूर्ण उचाइ।
 
अब
छिट्टो टुङ्गियोस् यो-
मुर्दामय परिवेश
अन्त्यहीन सिलसिला
सकियोस् तन्द्रा
अब टुटोस्
ऐँठन।

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  १३:५२
सिफारिस
श्रीमानलाई शवगृहमा रगताम्मे देखेपछि
श्रीमानलाई शवगृहमा रगताम्मे देखेपछि
सेनाले परेड खेलेर होइन, स्थानीयले घोडा दौडाएर मनाइन्छ पाटनको घोडेजात्रा
सेनाले परेड खेलेर होइन, स्थानीयले घोडा दौडाएर मनाइन्छ पाटनको घोडेजात्रा
उल्टियो नेपालमाथि मलेसियाले हात पारेको जित
उल्टियो नेपालमाथि मलेसियाले हात पारेको जित
'तातो भात' अभियानमा काम गरेकी रूबिनाको संसद यात्रा
'तातो भात' अभियानमा काम गरेकी रूबिनाको संसद यात्रा
रवि लामिछानेका वकिलको दाबी– पीडितको रकम फिर्ता गरी न्याय दिन मुद्दा संशोधन गर्नुपर्‍यो
रवि लामिछानेका वकिलको दाबी– पीडितको रकम फिर्ता गरी न्याय दिन मुद्दा संशोधन गर्नुपर्‍यो
सांसद बनिन् सहिदकी आमा
सांसद बनिन् सहिदकी आमा
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

सम्बन्ध!
उद्रिएका सपनाहरू!
अब यो देश कविले बनाउँछ!
कामना गरौँ...
मृत्यु पछिबाट चिहानको वरिपरि नियाल्दा!
आफ्नै खोजीमा...

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP