सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
जलवायु परिवर्तनले पृथ्वी हुँदैछ तातो
यस्तै भइरह्यो भने टुट्न सक्छ पृथ्वीसँग मानवको नातो।
पृथ्वी र वातावरण जोगाउन हुनुपर्दछ हामी सबै चनाखो
वातावरणीय सन्तुलनका लागि बन्नुपर्दछ सरकार र जनता बाठो।
सेता-सेता हिमाल हुन थाले कालो
मडारिँदै छ पृथ्वीमा कालो बादलको जालो।
बनाउनु पर्दछ स्वच्छ सफा हरियाली पृथ्वी
अनि मात्र बन्नेछ पृथ्वीमा वातावरणीय सन्तुलनको स्थिति।
हरित ग्याँस उत्सर्जनमा लगाउनु पर्दछ विश्वमा बन्देज
दिनु पर्दछ विश्वले वातावरण जोगाउन गतिलो सन्देश।
संसार मिलेर वातावरण जोगाऔँ
विश्वभरिका मानव र अन्य सभ्यता बचाऔँ।
(प्रस्ताव घिमिरे माछापुच्छ्रे आईबी वर्ल्ड स्कुल कुसुन्ती, ललितपुरको कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन्।)